केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेड नेपाल (CDCAN), सहकारी ऐन, २०४८ लागु भएपछि दर्ता भएका विषयगत केन्द्रीय सहकारी संघहरु मध्ये पहिलो हो । काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक गरी २ वटा जिल्ला संघ र अन्य २६ वटा सहकारी संस्था मिलेर वि. सं. २०४९ साल चैत्र २० गते (सहकारी दिवस) का दिन केन्द्रीय संघ स्थापना भएको हो । केन्द्रीय दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको रुपमा दर्ता भएको संघको ९ सदस्यीय तदर्थ समितिमा अध्यक्ष टंकप्रसाद लम्साल (काभ्रेपलाञ्चोक) रहनुभएको थियो भने उपाध्यक्षमा अम्बिका प्रसाद ढुङ्गेल (रौतहट) र सदस्यहरुमा जवाहरलाल यादव (सर्लाही), हेमप्रसाद निरौला (सर्लाही), शेषशाली मोहम्मद (रौतहट), अर्जुन प्रसाद पुडासैनी (मकवानपुर), दिपकप्रसाद पौडेल र लोकनाथ ढकाल (काभ्रेपलाञ्चोक) तथा चेतप्रसाद घोरासैनी (सिन्धुपाल्चोक) रहनुभएको थियो ।
रौतहट जिल्लाका हिमालय, हंश, सरस्वती, पशुपति, श्रीशक्ति, कामधेनु, दिव्यज्योती, जनभावना र जयकिसान गरी ९ वटा दुग्ध उत्पादक सहकारी संस्था संस्थापक सदस्य थिए । सर्लाही जिल्लाका चर्तुर्भुजेश्वर, जनकल्याण, श्रीकृष्ण, चक्रेश्वर, शिवकुञ्ज र सर्वोदय गरी ६ वटा तथा मकवानपुर जिल्लाका पनि श्री, श्री सुपिङ, रुपनारायण, श्री किसान, नारायणी र लक्ष्मीनारायण गरी ६ वटा दुग्ध उत्पादक सहकारी संस्थापक सदस्य थिए । सिन्धुपाल्चोक जिल्लाका जिल्ला संघसँगै ढकालखहरे, देउरालीदेवी र ग्रिनचौर दुग्ध उत्पादक सहकारी र काभ्रेपलाञ्चोक जिल्लाको काभ्रे जिल्ला संघसँगै उमादेवी र ब्रम्हायणी गरी दुईवटा दुग्ध उत्पादक सहकारी संस्थापक सदस्य थिए । २०५० साल पौष १५ गतेको दिन भएको साधारणसभाबाट सर्लाहीका माधव कोइरालाको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति गठन भयो । उपाध्यक्षमा टंकप्रसाद लम्साल (काभ्रे), सदस्यहरुमा पूर्णदत्त भुसाल (चितवन), मोहन रायमाझी (सर्लाही), बालानन्द भण्डारी (रुपन्देही), बेदबहादुर स्याङतान (मकवानपुर), जवाहरलाल यादव (सर्लाही), देवप्रसाद तिमल्सिना (रौतहट) र लालबहादुर रानाभाट (तनहुँ) रहनुभएको थियो । लेखा समितिको संयोजकमा ध्रुवप्रसाद तिवारी (सिन्धुपाल्चोक), सदस्यमा दिपकप्रसाद पौडेल (काभ्रे) र जीवनलाल बस्याल (रुपन्देही) रहनुभएको थियो ।
एउटै पेशा र उद्देश्यका दुईवटा संघहरुको उपस्थितिले दूध उत्पादक किसान, सहकारी तथा सरोकारवालाहरुमा अन्यौल श्रृजना हुने र समस्या समाधानमा कठिनाई हुनसक्ने कुरालाई मध्येनजर गर्दै २०४७ साल चैत्र १२ र १३ गतेको प्रथम राष्ट्रिय सम्मेलनबाट गठन भएको नेपाल राष्ट्रिय दुग्ध उत्पादक किसान संघसमेत मिलेर २०५३ असार २७ र २८ गते १३ वटा जिल्ला संघहरु र २ सय ६० वटा सहकारी संस्था गरी २७३ संघ संस्थाको सहभागितामा एकीकृत केन्द्रीय दुग्ध उत्पादक सहकारी संघको तदर्थ समिति गठन भएको थियो । माधव कोइरालाको अध्यक्षतामा गठन भएको २१ सदस्यीय तदर्थ समितिको उपाध्यक्षमा ढाकाराम अर्याल (स्याङ्जा) रहनुभएको थियो । सदस्यहरुमा पूर्णदत्त भुसाल (चितवन), देवप्रसाद तिमल्सिना (रौतहट), वेदनाथ शर्मा (सुनसरी), टंकप्रसाद लम्साल (काभ्रे), मोहन रायमाझी (सर्लाही), देवीप्रसाद रिमाल (मोरङ), गोविन्दप्रसाद गड्तौला (इलाम), रहनुभएको थियो । अरु सदस्यहरुमा कालिप्रसाद अधिकारी, पूर्णबहादुर डल्लाकोटी (चितवन), हरि सिग्देल (मकवानपुर), मोहन सापकोटा (काभ्रे), रामप्रसाद न्यौपाने (काभ्रे), दिपकप्रसाद पौडेल (काभ्रे), अम्मर बहादुर कुँवर (तनहुँ), जयराम बस्याल (पाल्पा), अर्जुन काफ्ले (स्याङ्जा), बालानन्द भण्डारी (रुपन्देही), शक्तिप्रसाद सापकोटा (रुपन्देही) र हर्कबहादुर वली (सुर्खेत) हुनुहुन्थ्यो । लेखा समितिको संयोजकमा कृष्णप्रसाद सापकोटा (काभ्रे), सदस्यमा बद्री लम्साल (मकवानपुर) र दिक्पाल योगी (दाङ) रहनुभएको थियो । त्यतिबेलासम्म चितवन, तनहुँ, रुपन्देही, सुनसरी, इलाम, झापा लगायतका जिल्लाका सहकारी संघ संस्थाहरु समेटिइसकेका थिए । बिस्तारै अरु जिल्लाका दुग्ध उत्पादक सहकारी संघ संस्थाहरु केन्द्रीय संद्धमा आवद्ध हुँदै गए ।
२०५३ पौष २६ र २७ गते पुल्चोक ललितपुरमा ५ सय भन्दा बढी संघ संस्थाहरु सहभागी भएको चौथो साधारण सभाबाट ढाकाराम अर्याल (स्याङ्जा) को अध्यक्षतामा २१ सदस्यीय सञ्चालक समिति गठन भयो । उपाध्यक्षमा पूर्णबहादुर डल्लाकोटी (चितवन), सदस्यहरुमा दिपकप्रसाद पौडेल, कृष्ण सापकोटा र मोहन सापकोटा (काभ्रे), राजेन्द्रबहादुर खड्का (सिन्धुपाल्चोक) रहनुभएको थियो । अन्य सदस्यहरुमा शक्तिप्रसाद सापकोटा र गुणाखर भुर्तेल (रुपन्देही), ज्ञानप्रसाद खराल र जयराम बस्याल (पाल्पा), हर्कबहादुर वली (सुर्खेत), सिताराम पराजुली र टिकाराम सुब्बा (इलाम), देवीप्रसाद रिमाल (मोरङ), देवप्रसाद तिमिल्सिना र बिन्देश्वर शाह (रौतहट), मोहन रायमाझी (सर्लाही), कृष्णप्रसाद बास्तोला र विजयराज अधिकारी (चितवन), मुक्तिप्रसाद पाठक (स्याङ्जा) र मोतिराज बराल (कास्की) रहनुभएको थियो । लेखा समितिको संयोजकमा शुभ अधिकारी (काभ्रे), सदस्यहरुमा बाबुराम दाहाल (चितवन) र बलराम पाठक (स्याङ्जा) रहनुभएको थियो ।
२०६२ सालको भाद्र २६ र २७ गते जावलाखेल ललितपुरमा भएको सातौं वार्षिक साधारणसभाले केन्द्रीय दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको नाम परिवर्तन गरी केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेड नेपाल राख्ने निर्णय गरेको थियो । दर्ताका बेला २ वटा जिल्ला संघ र २६ वटा सहकारी संस्था गरी २८ वटा संघ संस्थाबाट सुरु भएको केन्द्रीय दुग्ध सहकारी संघमा २०५३ असार मसान्तसम्ममा २७३, पौष मसान्तसम्म ५१९ वटा संघ संस्था संघमा आवद्ध भएको विभिन्न तथ्याङ्कले देखाउँछ । २०६० सालको चैत्र मसान्तसम्ममा देशभरबाट ३५ वटा जिल्ला संघसमेत ६ सय ५० हाराहारीका संघ संस्थाले केन्द्रीय संघको सदस्यता लिएको तथ्याङ्क भेटिएको छ । २०८२ सालको असार मसान्तसम्ममा ३६ वटा जिल्ला दुग्ध उत्पादक सहकारी संघ र ८ सय ३ वटा दुग्ध उत्पादक सहकारी संस्था गरी ८ सय ३९ संघ संस्था केन्द्रीय संघको सदस्यता लिएका छन् । देशभर रहेका एक हजार ७ सय भन्दा बढी दुग्ध उत्पादक सहकारी संस्थाहरुलाई केन्द्रीय संघमा आवद्ध गराउने प्रयास जारी छ ।
सहकारी प्रणालीमार्फत दुग्ध उत्पादक किसानहरूको दिगो तथा उच्च आय वृद्धि गर्दै गुणस्तरीय दूध तथा दुग्धजन्य पदार्थको उत्पादन, प्रशोधन तथा प्रभावकारी बजारीकरण गर्ने
Self Reliance, Qualitative and Competitive Dairy Sector
उद्देश्य तथा रणनीतिहरु
उद्देश्य १ः उत्पादन तथा उत्पादकत्व बृद्धि तथा लागत न्यूनीकरण
१) नश्ल सुधार तथा उन्नत नश्लको प्रवर्द्धन
२) घाँसमा आधारित पशुपालन अभ्यास प्रवर्द्धन
३) पशु स्वास्थ्य, रोग नियन्त्रण तथा पशु शिविर सञ्चालन
४) आधुनिक प्रविधि (चिस्यान श्रृङ्खला, डिजिटल प्रणाली) को प्रवर्द्धन
उद्देश्य २ः संस्थागत क्षमता तथा सुशासन सुदृढीकरण
१) सहकारी सुशासन, पारदर्शिता र वित्तीय दिगोपना सुदृढ गर्ने
२) डाटा प्रणाली, पहिचान पद्धती (ट्रेसबिलिटी) र बिस्तारित सेवाहरू आधुनिकीकरण गर्ने
३) विनियम र कार्यविधि अद्यावधिक गर्ने
४) नेतृत्व तथा सुशासन तालिम सञ्चालन गर्ने
५) अनुगमन तथा मूल्याङ्कन उपसमिति गठन तथा परिचालन
६) संघको प्रशासनिक क्षमता अभिवृद्धि तथा कर्मचारी क्षमता अभिवृद्धि
७) सदस्यता बिस्तार र देशभरका दुग्ध उत्पादक सहकारी संघ संस्थालाई केन्द्रीय संघमा आवद्ध गराउने अभियान
८) सदस्यता प्रोत्साहन नीति -Benefit Packages_ बनाई कार्यान्वयन गर्ने
९) केन्द्रीय संघमा आवद्ध सहकारीको अनुपातका आधारमा (जस्तैः ५ वटा संस्था बराबर एकजना प्रतिनिधि) जिल्लाबाट छनोट भई प्रतिनिधिको रुपमा केन्द्रीय संघमा आउने व्यवस्थाका लागि पहल गर्ने
१०) अवलोकन भ्रमण तथा अनुभव आदान प्रदान
उद्देश्य ३ः सहकारी र किसानको क्षमता विकास
१) सहकारी र किसानको क्षमता विकास, डिजिटल व्यवस्थापन प्रणाली र सुशासन प्रवर्द्धन गर्ने
२) किसानका लागि तालिम तथा प्राविधिक सेवामा जोड दिई दुग्ध क्षेत्रमा महिला र युवा सहभागिता बढाउने
३) सहुलियतपूर्ण ऋण तथा बीमा सुविधामा बिस्तारमा सहजीकरण गर्ने
४) किसानको आम्दानी बृद्धि र सेवा बिस्तार (परिवारको औसत दुग्ध व्यवसायबाट आम्दानी ५ वर्षमा ३० प्रतिशत)
५) समावेशीता (महिला र युवाहरू) र मानव पूँजी विकास प्रवर्द्धन गर्ने
६) तालिम कार्यक्रम तथा तालिम सामग्री विकास
७) दुग्ध तालिम तथा अनुसन्धान केन्द्र स्थापना -Dairy Training &
Research Institute_
८) युवा तथा महिला उद्यमशीलता विकास गर्ने
उद्देश्य ४ः दूध गुणस्तर सुधार र मूल्य अभिवृद्धि
१) राष्ट्रिय तथा अन्तराष्ट्रिय मापदण्डहरु जस्तैंः ISO/GHP/GMP/HACCP लागू गर्ने र चिस्यान श्रृंखला -Cold Chain Development_ विकास गर्ने
२) दूधको गुणस्तर सुधारका लागि क्षमता विकास, बहस, पैरवी तथा वकालत गर्ने (दूध संकलन केन्द्रमा परीक्षण उपकरण)
३) दूध गुणस्तर परीक्षण प्रवर्द्धन (फ्याट, SNF, Protein ,TVC आदि)
४) चिस्यान तथा प्रशोधन केन्द्र स्थापना र सञ्चालनमा सहजीकरण
५) गुणस्तरमा आधारित मूल्य निर्धारणमा पहल गर्ने
६) अनुगमन प्रणालीको विकास गर्ने
७) असल उत्पादन अभ्यासको प्रवर्द्धन गर्ने
८) खोरेतमुक्त क्षेत्र घोषणाका लागि सरकारलाई आवश्यक सहयोग गर्ने
उद्देश्य ५ः बजार विकास र व्यापार प्रवर्द्धन
१) दुग्धजन्य पदार्थ विविधीकरण (दही, घ्यू, पनीर, आईसक्रिम, चीज, धुलो दूध) का लागि प्रोत्साहन गर्ने
२) दुग्धजन्य पदार्थको ब्रान्डिङ र प्याकेजिङमार्फत बजारिकरणमा सहजीकरण गर्ने
३) नयाँ बजारको खोजी तथा निर्यात प्रवर्द्धन गर्ने
४) मूल्यश्रृंखलामा अधारित उत्पादनको हिस्सा बढाउने
५) दुग्ध बजार अध्ययन तथा अनलाइन बिक्री प्रणालीको विकास गर्ने
६) अन्तर सहकारी बजार प्रणाली विकास
७) सरकारी, गैरसरकारी, सहकारी तथा निजी क्षेत्रबीचको साझेदारी
८) दुग्ध पदार्थ खपतका नयाँ क्षेत्रहरु पहिचान र बिस्तारः (हवाइ यात्री, सुरक्षा निकाय, सरकारी क्यान्टिन, विद्यार्थी आदि)
९) राष्ट्रिय तथा अन्तर्राष्ट्रिय डेरी प्रदर्शनी तथा सम्मेलनको आयोजना र सहभागिता
१०) श्रव्यदृश्य सामग्री निर्माण तथा प्रकाशन प्रसारण
उद्देश्य ६ः नीति, पैरवी र साझेदारी विकास
१) संघीय, प्रदेश र स्थानीय सरकारसँग नीति संवाद Policy Dialogue (एक पालिका एक प्रशोधन केन्द्र)
२) रणनीतिक तथा व्यवसायीक योजना निर्माण तथा कार्यान्वयन
३) जिल्ला संघ तथा दुग्ध उत्पादक सहकारी संस्थाको रणनीतिक योजना निर्माणमा सहजीकरण
४) आवश्यकताका आधारमा बहस, पैरवी तथा वकालत गर्ने
५) सरकारी निकाय, गैरसरकारी संघ संस्था, विश्वविद्यालय, अनुसन्धान संस्था, निजी क्षेत्रसँग साझेदारी गर्ने
६) बहुसराकारवाला निकायबीचको छलफल, अन्तरक्रिया तथा समन्वयात्मक बैठक
उद्देश्य ७ः दिगोपन, जलवायु अनुकुलन र पशु कल्याण
१) दिगो पशुपालन व्यवसायका लागि प्रोत्साहन
२) जलवायु अनुकूल (जलवायु मैत्री) पशुपालन अभ्यासलाई प्रवर्द्धन गर्ने
३) प्राकृतिक प्रकोप तथा महामारीबाट हुने क्षति न्यूनीकरणका कार्यहरु गर्ने
४) सहकारीमार्फत पशुधन सुरक्षण (बीमा) कार्यमा सहजीकरण गर्ने
५) मलमुत्र व्यवस्थापन र बायोग्यास उत्पादनमा प्रवर्द्धन गर्ने
६) पालिकास्तरमा महामारी प्रतिकार्य योजना निर्माण तथा कार्यान्वयनमा सहजीकरण
७) पशु कल्याणको नीति निर्माण तथा कार्यान्वयनका लागि बहस, पैरवी गर्ने
रणनीतिक लक्ष्यहरू तथा अपेक्षित प्रभावहरूः
१) किसानको आम्दानी ३० प्रतिशतले बृद्धि र सेवा बिस्तार
२) दूध संकलन ५० प्रतिशतले बृद्धि र गुणस्तर बिस्तार तथा सुनिश्चित गर्ने
३) प्रशोधन क्षमता ७५ प्रतिशत र मूल्य अभिबृद्धि तथा पशुजन्य उत्पादनको हिस्सा ३५ प्रतिशतले बढाउने
४) तीन वर्षभित्र सुशासन र वित्तीय म्यानुएल बनाई सहकारी सुशासन, पारदर्शिता र वित्तीय दिगोपना सुदृढ गर्ने
५) समावेशीता (सम्भव भएसम्म महिला ३३ प्रतिशत र युवाहरू ३० प्रतिशत) र मानव पूँजी विकास प्रवर्द्धन गर्ने
६) मुख्य ५ दुग्धजन्य पदार्थको बजार पहुँच र ब्रान्ड विकास सुधार गर्नु
७) डाटा प्रणाली, पहिचान पद्धती (ट्रेसबिलिटी) र बिस्तारित सेवाहरू आधुनिकीकरण गर्ने
८) सशक्त केन्द्रीय दुग्ध सहकारी संघ
९) किसानको जीवनस्तर सुधार
१०) दुग्ध आयातमा कमी
११) प्रतिस्पर्धी र दिगो दुग्ध सहकारी क्षेत्र
१२) दुग्ध पदार्थहरुको निर्यात बढाउने