मिल्की वे कार्यक्रम, दुग्ध क्षेत्रको रुपान्तरणका लागि प्रविधि र असल अभ्यास प्रवर्द्धन परियोजना
विषयबस्तुः दुग्ध उत्पादक कृषकका संघ/संस्थाहरुको क्षमता विकास
परियोजना अवधीः सन् २०२५ को अप्रिल १ तारिखदेखि सन् २०२६ को जुन ३० तारिख (१५ महिना)
कार्यक्षेत्रः बागमती प्रदेशको चितवन जिल्ला र गण्डकी प्रदेशका जिल्लाहरु कास्की, तनहुँ र नवलपरासी बर्दघाट सुस्ता पूर्व (नवलपुर) गरी ४ जिल्ला
साझेदार संस्थाः केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेड नेपाल (CDCAN)
आर्थिक सहयोगः हेफर प्रोजेक्ट नेपाल (HPN)
परियोजनाको उद्देश्यहरुः
क) कार्यक्रमको मुख्य उद्देश्य सिन्धुलीमा ५ सय किसानहरुलाई लक्षित गरी उत्कृष्ठता र शिक्षा केन्द्रको रुपमा नमुना डेरी गाउँ (मोडेल डेरी भिलेज) स्थापना गर्नु हो । सामाजिक पूँजी, प्रविधिक सहयोग, विशेषगरी महिलाहरुको लागि वातावरणमैत्री, लाभदायक अभ्यासहरु मार्फत दुग्ध क्षेत्रको मुल्य श्रृङ्खलालाई व्यवसायिक बनाउन केन्द्रीत हुने उद्देश्य छ ।
ख) प्राविधिक सहयोगलाई सुदृढ गर्दै मोडेल डेरी भिलेजमार्फत आनुवंशिकी सुधार गरेर र राष्ट्रिय पशु प्रजनन् कार्यालयहरुको लागि समर्थनसहित संस्थागत क्षमता विकास गरेर असल अभ्यासहरुलाई राष्ट्रव्यापी बनाउने ।
ग) नीति र नियामक वातावरणलाई अभिवृद्धि गरी राष्ट्रिय दुग्ध क्षेत्रको पारिस्थितिकीय प्रणालीलाई सुदृढ गर्ने । राष्ट्रिय दुग्ध विकास बोर्डको नेतृत्व र हेफर इन्टरनेशनल नेपालको सहयोगमा बहुसरोकारवालाहरुको संलग्नतामा क्षमता विकास, गुणस्तरमा आधारित मुल्य निर्धारण र लगानी सहजीकरण गर्ने ।
सम्पन्न भएका कृयाकलापहरुः
क) चितवन र तनहुँ जिल्लाका दुग्ध उत्पादक सहकारी संघका सञ्चालकका लागि सुशासन तथा क्षमता विकास तालिम
ख) केन्द्रीय संघका सञ्चालकहरुको स्थलगत अवलोकन भ्रमण (सिन्धुलीको नमुना डेरी गाऊँ)
ग) बर्दिया र बारा जिल्लाका दुग्ध उत्पादक सहकारी संघका सञ्चालकहरुका लागि चितवन जिल्ला संघका गतिविधिहरु अवलोकन भ्रमण (अन्तर जिल्ला दुग्ध उत्पादक सहकारी संघका सञ्चालक समितिको अवलोकन भ्रमण)
घ) विद्यार्थीहरुलाई दूध तथा दुग्धजन्य पदार्थको महत्व विषयमा अभिमुखिकरण (पोषण सम्बन्धी शैक्षिक सिकाई कृयाकलापहरु)
ङ) कास्की, तनहुँ, चितवन र नवलपरासी बर्दघाट सुस्ता पूर्व (नवलपुर) जिल्लाका दुग्ध उत्पादक सहकारी संघको माकुरे जालो विधिबाट सहकारी क्षमता विश्लेषण
च) सरोकारवालाहरुका लागि हेफर आधारशीला तालिम (केन्द्रीय संघ, चितवन, कास्की, तनहुँ र नवलपुर जिल्ला संघका सञ्चालकहरुका लागि)
छ) दुग्ध क्षेत्रका सरोकारवालाहरुका बीचमा अनौपचारिक सम्बाद समूहको रुपमा बहुसरोकारवाला मञ्च बैठक (संघीय र प्रदेश स्तरमा)
ज) दुग्धजन्य पदार्थको बजार सरोकारवालाको नक्साङ्कन
झ) संकलन केन्द्रस्तरमा गुणस्तरीय दुध उत्पादनको असल अभ्यास सम्बन्धी तालिम (चितवनमा ५, कास्की, तनहुँ र नवलपुरमा एक एक वटा)
ञ) संकलन केन्द्रस्तरमा मेसिन उपकरण मर्मत सम्भार तालिम (चितवनमा ४, कास्की, तनहुँ र नवलपुरमा एक एक वटा)
ट) प्रदेशस्तरीय दुग्ध उत्पादक सहकारी संघको गठन (बागमती र गण्डकी प्रदेशमा तदर्थ समिति गठन भई दर्ताको प्रक्रियामा रहेको)
ठ) बागमती र गण्डकी प्रदेशमा समन्वयात्मक बैठक आयोजना (प्रदेशस्तरीय बहुसरोकारवाला मञ्च गठन तथा बैठकको सुरुवात)
ड) नेपाली सेना, प्याव्सन र एनप्याव्सन लगायतका दूधको संस्थागत खरिदकर्ताहरुसँग बैठक र सेना र विद्यार्थीको खानामा दुग्धजन्य परिकारको महत्वका बारेमा सचेतना
ढ) मेकानिक्स र इन्जिनियर परिचालन गरी दुग्ध उत्पादक सहकारी संस्थाको संकलन केन्द्रस्तरका मेसिन उपकरणको मर्मत सम्भारका साथै स्थलगत प्रशिक्षण